arrow

हेटौँडामा तास खेलिरहेका ७ जना पक्राउ

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ असोज ३ आइतबार
juwa-ko-khal.jpg.jpeg

हेटौँडा । हेटौँडा स्थित एक घरमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
शनिवार हेटौँडा उपमहानगरपालिका १ चाइना क्वाटर स्थित राकेश केसीको घरमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा ७ जनालाई केही नगद सहित समातेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
पक्राउ पर्नेमा घर धनी ३७ वर्षीय राकेश के.सी., ४२ वर्षीय रमेश श्रेष्ठ, ३८ वर्षीय प्रदीप जङ्ग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, ३६ वर्षीय बाबु कृष्ण उप्रेती, ३१ वर्षीय दीपेन्द्र कुमार मिश्र र ५५ वर्षीय एक बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
 
तास खेलिरहेको स्थानबाट ४ बुक तास, २६ हजार ९ सय ८५ नेपाली रुपैयाँ र एक हजार पाँच सय भारतीय रुपैयाँ सहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ