काठमाडौं । दिव्या अग्रवाल भारतको टीभी शो बिग बोस ओटीटीको पहिलो सिजनको विजेता बन्न सफल भएकी छिन् । सबैभन्दा बढी भोट हासिल गर्दै दिव्याले उपाधि जितेकी हुन् । उनले ट्रफीसँगै २५ लाख भारु पनि पाएकी छिन् ।
दिव्यासँग शीर्ष दुईमा कोरियोग्राफर निशान्त भट्टले स्थान बनाएका थिए । त्यस्तै शीर्ष पाँचमा शमिता शेट्टी, राकेश बापट र प्रतीक सहजपालले स्थान बनाएका थिए ।
कार्यक्रम संचालक करण जौहरले पाँचै जनालाई पैसाले भरिएको ब्रिफकेश अफर गरेका थिए । जसलाई लिएर उनीहरु बिग बोस १५ मा भाग लिन पाउने थिए ।
जसमा प्रतीकले उक्त अवसरको सदुपयोग गरे भने शमिता, रोकश र प्रतीक भने लड्न चाहे ।