arrow

भरतमणि नयाँ कमेडी च्याम्पियन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
bharat-mani-poudel-comedian.jpg

काठमाडौं । टेलिभिजन शो ‘कमेडी च्याम्पियन सिजन–२’ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राति भएको फिनालेमा भारत सिक्किमका बिक्की अग्रवाल र गोर्खाका सन्तोष थापालाई पछाडि पार्दै ताप्लेजुङका भरतले उपाधि जितेका हुन् । 

उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पाएका छन् । बिक्की दोस्रो तथा सन्तोष तेस्रो भए । बिक्की र सन्तोषले स्कुटरसँगै गिफ्ट ह्याम्पर जितेका छन् । 

पहिलो सिजन हिमेश पन्तले जितेका थिए । उक्त सिजनको रनर अप भोजपुरका सुमन कोइराला भएका थिए । 

जितपछि फेसबुकमा यसो लेखे भरतमणिले– (जस्ताको त्यस्तै, भाषा सम्पादनसमेत नगरी)
‘सबै प्रीय भगवानरुपि दर्शकब्रीन्द तथा समर्थक प्रती नमस्कार १विश्व भुगोलमा बसोबास गर्नुभएका सम्पुर्ण नेपाली र नेपाली मनहरु प्रती हृदय देखिनै आभार प्रकट गर्न चाहान्छु, तपाईं हरुले यस्तो महामारिको समयमा पनि प्रतिस्पर्धा गरिरहदा मेरो हसाउने प्रयासलाइ साथ दिनु भएको छ , मेरो लागि देश तथा बिदेशमा रहेर अभियान चलाइदिनु भयो , मलाइ सधै अगाडि बड्न प्रेरित गरिरहनु भयो अब मलाइ सहि निर्देशनमा हिड्नका लागि खबरदारी गर्ने जिम्मा पनि तपाइकै हुनेछ किनकी कमेडी च्याम्पियन सिजन २ को उपाधी पनि तपाइकै साथले सम्भव भएको हो त्यसैले आगामी दिनहरुमा पनि यत्तिकै माया र साथ पाउनेछु भन्ने कुरामा म ढुक्क छु , मलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईं सम्पुर्णलाई अनगिन्ती धन्यवाद दिन चाहान्छु , यो मेरो मात्रै जित होइन तपाइको पनि जित हो त्यसैले तपाईंहरु सम्पुर्णलाई बधाई भन्न चाहान्छु र समय रहुन्जेल तपाइको प्रतिक्रिया र सुझाबलाइ आत्मसात गर्दै अघि बड्ने कुरा यसै इस्टाटस मार्फत जानकारी गराउन चाहान्छु साथै स्वस्थ रहनुस सुरक्षित रहनुहोस धन्यवाद ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ