arrow

बासीखोरेको नयाँ गीत ‘साँघुरो त्यो गोरेटोमा’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
ishara.jpg

काठमाडौं । गायक सङ्गितकार श्रीकुमार किराँती बासीखोरेको नयाँ गीत ‘साँघुरो त्यो गोरेटोमा’ सार्वजनिक भएको छ।

चर्चित हाँस्य कलाकार, समाजसेवी तथा निर्देशक गणेश इशाराको निर्देशनमा बनेको उक्त भिडियोमा मनिषा राई, एलोन कार्की र श्रीकुमारले अभिनय गरेका छन्।

श्रीकुमार किराँती बासिखोरेको आफ्नै शब्द, सङ्गित र स्वर रहेको उक्त गीतमा गायक स्वयं, मनिषा राई र एलोन कार्कीको अभिनय देख्न सकिन्छ ।

‘भन्नु नभाको, आमा रातो साडी, चुरा पोते किन नलाएको’ बोलको गीतमा अभिनय गरेर चर्चामा रहेकी मनिषा राई २४ बर्षपछि अभिनयमा कम्ब्याक गरेकी हुन्।

चोभारको सुन्दर दृश्यमा छायांकन गरिएको गीतको उक्त भिडियोमा सीता सिङको शृङ्गार र रविन थापा मगरको छायांकन तथा सम्पादन रहेको छ।

जीवनसाथीको खोजीमा भौतारिएको युवकले एक अपरिचित युवतीसँगको प्रेमिल स्वैर कल्पनामा डुबेको कथाबस्तु समेटिएको छ।

गीतकार, सङ्गितकार ,गायक साथै मोडलको रुपमा समेत डेब्यु गरेका श्रीकुमारको आफ्नै च्यानलमा सार्वजनिक गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ