arrow
ADVERTISEMENT

प्रदेश १ मा थपिए पाँच मन्त्री

logo
विवेक मिश्र
प्रकाशित २०७८ भदौ ३० बुधबार
province1-ministers.jpg

मोरङ। प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् । यसरी थपिने मन्त्रीहरूलाई आजै साँझ शपथग्रहण गराइएको छ ।

यसरी थपिने मन्त्रीहरूमा सङ्खुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाइएको छ ।

यसअघि सामाजिक विकास मन्त्रीको रूपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।

नयाँ मन्त्रीमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री पछाडि मन्त्रीहरूको पहिलो बरीयतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको बरीयतामा नियुक्त भएका हुन् ।

नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले संसद्बाट विश्वासको मत नलिई मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ