arrow

सुनका गहनासहित दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
gold-jewellery.jpg

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोग्राम ३६० ग्राम सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट विराटनगर जान लागेको श्री एयरलाइन्सको उडान चेकजाँचका क्रममा उक्त गरगहनासहित कैलाली  वदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई सोमबार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो । 

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेक गर्ने क्रममा रु दुई  करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले भण्डारीको साथबाट २२ क्यारेटको ५१५ ग्राम सुनका विभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५९७ ग्राम, २२ क्यारेटको एक हजार ५५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६९६ ग्राम सुनका विभिन्न गहना बरामद गरेको छ । 

पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ