arrow

ट्रकभित्रै बालिका करणी गर्ने चालक र सहचालक समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
truck.png

बनेपा । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् । गन्तव्यसम्म पुर्‍याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा-१२ साझा पेट्रोल पम्प अगाडि लगेर गाडीभित्रै जबरजस्ती करणी गरेर फरार भएका चालक र सहचालक पक्राउ परेका हुन् ।

शनिवार काभ्रेपलान्चोकको बनेपा नगरपालिका-१२ साझा पेट्रोल पम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबरजस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको प्रहरीका जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिवार भक्तपुरको भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित सडक खण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पुर्‍याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा-१२ साझा पेट्रोल पम्प अगाडि लगेर गाडीभित्रै जबरजस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।

बालिकालाई गन्तव्यसम्म नपुर्‍याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका-७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका-१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ ।

घटनापश्चात् अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश-२-०३-००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडाँैतर्फ आउँदै गरेको अवस्थामा धुलिखेल चोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ