arrow

बाहुबलीकी आमा शिवगामीको जन्मदिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
ramya-krishnan-bahubali-shi.jpg

काठमाडौ । ‘बाहुबली’ बलिउडकै सबैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र । त्यही चलचित्रकी सबैभन्दा अहम् पात्र बाहुबलीकी आमा शिवगामीको भूमिका निभाएकी चर्चित अभिनेत्री राम्या कृष्णनको बुधबार जन्मदिन । 

सन् १९७० को सेप्टेम्बर १५ तारिखमा जन्मेकी राम्या ५१ वर्षकी भएकी छिन् । उनले थुप्रै चलचित्र खेलेकी छिन् । तर सबैभन्दा चर्चित उनको बाहुबली नै बन्यो । 

बाहुबलीका लागि राम्याभन्दा अगाडि शिवगामीको भूमिकाका लागि श्रीदेवीलाई प्रस्ताव गरिएको थियो । तर श्रीदेवीले ६ करोड भारु माग गरेकी थिइन् । 

त्यतिमात्र होइन श्रीदेवीले फाइभ स्टार होटलको पूरै फ्लोर उनका लागि बुक गर्नुका साथै मुम्बईबाट हैदराबादको बिजनेश क्लासको टिकट बुक गर्न माग गरेकी थिइन् । 

यही कारणले निर्देशक राजामौलीले श्रीदेवीको स्थानमा राम्यालाई लिएका थिए । राम्याले बाहुबलीका लागि २.५ करोड भारु लिएकी थिइन् । 

राम्याले हिन्दी, तमिल, तेलुगु, मलालयम लगायतका दर्जनौं चलचित्रका साथै टेलिभिजन शोहरुसमेत चलाएकी थिइन् । उनले तमिल भाषामा वेब सिरिजसमेत गरेकी छिन् । 

हिन्दी चलचित्र अन्तर्गत उनले सन् २०२० मा तेरा यार हुँ मै मा अमिताभ बच्चनकी पत्नीको भूमिका निभाएकी थिइन् । 

सन् १९९८ मा बडे मियाँ छोटे मियाँ, वजुद, शपथ खेलेकी थिइन् । सन् १९९७ मा लोहा र बनारसी बाबु, सन् १९९६ मा चाहत, सन् १९९५ मा क्रिमिनल, सन् १९९३ मा परम्परा र खल नायक तथा सन् १९८८ मा दयावानमा खेलेकी थिइन् । 

उनले सबैभन्दा बढी तेलुगु र तमिल चलचित्र खेलेकी छिन् । 

उनले १२ जुन २००३ मा तेलुगु फिल्म निर्माता कृष्णा वामसीसँग विवाह गरेकी थिइन् । उनले १३ फेब्रुअरी २००४ मा छोरो (ऋतिक) जन्माएकी थिइन् । 

राम्यासँग करीव ४० करोड भारुको सम्पत्ति रहेको बताइएको छ । उनीसँग मर्सिडिज बेन्ज एस ३५० कार छ । उनी परिवारसँग चेन्नईको इन्जमबक्कममा बस्दै आएकी छिन् । उनको त्यहाँ बंगला छ । 

उनको घरबाट उनकी कामदारले १० लाख भारु पर्ने सुनका गरगहना चोरेर भागेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ