arrow

साराको माल्दिभ्स मस्ती (फोटोफिचरसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
sara-ali-khan111.JPG

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानले माल्दिभ्समा मस्ती गरेकी छिन् । उनले माल्दिभ्समा आफ्नो छुट्टी का क्रममा जीवनकै उत्कृष्ट क्षण बिताइरहेको बताएकी छिन् । बिचमा मस्त देखिएकी उनी आफैमा हराएकी पाइन्छिन् । 

उनले समाजिक संजाल इन्स्ट्राग्राममा तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘मनबाटै तपाई आकाश छुन सक्नुहुन्छ ।’ यी तस्वीरलाई उनका फ्यान र बलिउडका सहकर्मीहरुले सराहना गरेका छन् । 

चुलबुले अभिनेत्री सारालाई पछिल्लो समय फिल्म ‘कुली नम्बर वान’ मा देखिएको थियो । फिल्ममा उनको अपोजिटमा वरुण धवन रहेका थिए । यो फिल्म सन् १९९५ मा रिलिज भएको गोविन्दा र करिष्मा कपूर स्टारर फिल्मको रिमेक हो । 

उनले केही समयअघि ‘अतरंगी रे’ को शुटिङ सकेकी थिइन् । यो फिल्ममा अक्षय कुमार र धनुष पनि रहेका छन् । 

सारा विक्की कौशलसँग ‘द इमोर्टल अश्वथामा’ पनि आउँदै छिन् । 

राजा खानदानी चेली सारा शेफ अली खानकी छोरी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ