सांसद सोमप्रसाद पाण्डेको रिटमा अल्पकालीन अन्तरिम आदेश
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
917
Shares
काठमाडौं । सांसद सोमप्रसाद पाण्डेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो आदेश दिएको हो । नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा जान लागेका पाण्डेको रिटमा निवेदकहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै काम-कारबाही नगर्न भनिएको छ ।
दुवै पक्षको छलफल नहुँदासम्म पाण्डेलाई कुनै कारबाही नगर्न भन्दै आउँदो मंगलबार दुवै पक्षलाई डाकिएको छ ।
‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिएकोले मिति २०७८।५।२९ गते अन्तरिम आदेशको छलफलको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरुलाई सूचना दिनू, र, सो मितिसम्म निवेदकहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै काम-कारबाही नगर्ने भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’,आदेशमा भनिएको छ ।