arrow

बागमतीमा मन्त्रीपरिषद् विस्तार : ६ मन्त्री, ४ राज्यमन्त्री नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
parliament-bagmati-province.jpg

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधवार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएकी हुन् । 

शाक्यले मन्त्रीपरिषद्मा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय)को जिम्मेवारी दिएकी छन् । 

यस्तै जुनेलीमाया श्रेष्ठ (स्वास्थ्य मन्त्रालय), जीवन खड्का (भौतिक पूर्वाधार तथा विकास मन्त्रालय), सरस्वती वाटी (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) र बद्री मैनालीलाई (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) मा राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । 

यसअघि नै केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले बुधवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ