arrow

ईश्वर पिताजी

logo
इन्द्र न्यौपाने, 
प्रकाशित २०७८ भदौ २२ मंगलबार
indra-neupane.JPG

पिताजी ...
ब्रह्म लिन शरीर
बादलको बाटो हुँदै 
वायुमण्डलमा कावा खादै होलान् 
जहाँ हुनुहुन्छ
श्रद्धा, 
आत्मिक शान्ति मिलोस्
पिताजी!.....

हुन त यी मसिना शब्दहरूले 
केवल मलाई शान्ति दिने हो
मात्र मेरा आँसुका बाछिटा हुन 
यद्यपि 
यिनै शब्दहरूले म आफूलाई शान्त गराउँछु
पलपल माया र सम्झना बोकेर...

प्रिय पिताजी 
मेरो जीवनको सत्य
जीवन यात्रामा 
केही भूलहरू थिए होला
केही गल्तीहरू भए होला 
जब हृदय फैलिएर सत्य खोज्न थाले 
एकदमै महान् हजुर
मेरो वंशको इतिहास
असल स्कुल मेरो पिताजी
महान् गुरु तपाई
यो नै सत्य रहेछ

आहा!!!
आज बाबु को मुख हेर्ने संस्कृति
मैले अलि बढी सम्झिए
म पनि हेर्थेँ होला आज मेरो ईश्वरको मुख
जस्तोकी अरूहरू हेरि रहेछन्
आज मेरो पिता भएको भए???

तर पिर गर्दिन पिताजी
म त हरपल हजुरको अलौकिक मुहारमा 
मेरो जिन्दगी देखि रहेछु 

जीवन समय र चेत रहेछ पिताजी
यति भने पलपल आदर प्रेम 
एक फरक चिन्ताले सुताइएको छु अहिले 
 असल छोरो हुने प्रयत्न गर्नेछु ..कसैगरी
तर म हजुर जस्तै पिता बन्न सकौँला र !

मनभरि माया हृदय भरि प्रेम 

--इन्द्र न्यौपाने 
गौरादह नगरपालिका , झापा 
हाल विराटनगर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ