arrow

केपी ओलीले हालेको सभामुख बिरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

ओलीले १४ सांसदलाई दलबाट निष्कासन गरेको तर सभामुखले उनीहरुलाई कारवाहीका सन्दर्भमा सूचना टाँस नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले सो रिटमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा दुवै पक्षलाई २८ भदौमा छलफलमा बोलाएको हो ।

रिटमा सभामुखले कानुन बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरिएको थियो । 
नेकपा एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूणर्बहादुर घर्ती विरुद्ध १७ भदौमा रिट दर्ता गराएका थिए ।

निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै निर्णय बदरका लागि अन्तरिम आदेश माग गरिएको छ । सो विषयमासमेत सर्वोच्चले विपक्षी निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ