arrow

अन्डरवल्डको गोली र क्यान्सर पचाएका राकेश ७२ का भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
rakesh-roshan.jpg

काठमाडौं । बलिउड अभिनेता एवं चलचित्र निर्देशक राकेश रोशनले सोमबार ७२ औं जन्मोत्सव मनाइरहेका छन् । सन् १९४९ को ६ सेप्टेम्बर मा जन्मिएका राकेशले लामो समय सहायक निर्देशकको भूमिका निभाएपछि सन् १९७० मा ‘कहानी घरघरकी’ चलचित्रमा अभिनयमा डेब्यु गरेका थिए । 

उनले सन् १९८७ मा चलचित्र ‘खुदगर्ज’ बाट निर्देशनमा डेब्यु गरेका थिए । उनले सन् २००० मा छोरा ऋतिक रोशनलाई ‘कहो ना प्यार है’ मार्फत डेब्यु गराएका थिए । 

यो फिल्म सबैभन्दा बढी अवार्ड जित्ने चलचित्रमा दर्ता भएको छ । यसले लिम्का बुक अफ वल्ड रेकर्डमा दर्ता भएको हो । १० करोड भारुमा बनेको चलचित्रले ६२ करोड भारु कमाएको थियो । 

यसको नाफा अन्डरवल्डले हिस्सा मागेको थियो । राकेशले दिन मानेनन् । अन्डरवल्ड डन अबु सलेम रिसाएर आफ्नो प्रभुत्व देखाउन राकेशमाथि गोली प्रहार गर्न लगाए । 

राकेशमाथि सान्ताक्रुज अफिस बाहिर दुई जनाले ६ गोली चलाएका थिए । जसमा दुईगोली उनलाई लागेको थियो । राकेशका चालकले उनलाई अस्पताल लगे र उनको ज्यान बच्यो । घटनाको दुई दिनपछि दुई जना पक्राउ परे । जसमा अबु सलेमका शार्प सुटर पनि थिए । 

राकेशभन्दा अगाडि गुलशन कुमारलाई अन्डरवल्डले हत्या गरेको थियो । 

गोलीबाटसमेत बाँचेका उनलाई सन् २०१८ मा क्यान्सर भएको थियो । घाँटीको क्यान्सर भएकामा उनले त्यसलाई पनि जितेका थिए । सन् २०१८ को डिसेम्बर १५ मा उनको बायोप्सीको रिपोर्ट पोजेटिभ आएको थियो । 

डाक्टरले जिब्रोमुनि आएको गाँठो काट्नु पर्ने बताएका थिए । उनले हार मानेनन् । उपचारका क्रममा उनको १० किलो तौल घटेको थियो । उनले रोग जिते । उनी दैनिक डेढ घण्टा जिमखानामा बिताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ