arrow

सञ्जुको ‘इन्द्रेणी स्पर्श’ बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
sanju-inderni.JPG

काठमाडौँ ।  सञ्जु अधिकारीको साहित्यिक कृति ‘इन्द्रेणी स्पर्श’ बजारमा आएको छ । चार्टर्ड एकाउन्टेन्ट पेशासँगै नृत्य र खेलकुदमा समेत रुचि राख्ने सञ्जुले पहिलो कृति ‘इन्द्रेणी स्पर्श’ ल्याएकी छन् । 

विगतमा सितोरियो कराँतेकी कुशल खेलाडी उनले उपन्यासभित्र महिलाका पीडा, संवेदना, जीवनका भोगाइ र परिवर्तित परिवेशमा उभिएर परम्परागत मूल्य तथा मान्यतालाई वस्तुपरक ढङ्गले  विश्लेषण गर्ने प्रयास गरेकी छन् । 

कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमा पात्रको व्यक्तिगत भोगाइ र प्रतिक्रिया तथा यसका कथालाई परिस्थितिजन्य हिसाबले उतारिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ