arrow

कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट हेर्न नभ्याइनेमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
kulman-ghising-office.jpg

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै दर्ता भएको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।

सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको हो । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा हेर्न नभ्याइनेमा राखेका हुन् ।

रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको पनि हेर्न नभ्याइने सूचीमा परेको हो ।

सरकारले आफूलाई गैरकानूनी तबरले प्राधिकरणको नेतृत्वबाट हटाएको दाबी गर्दै शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ