arrow

गृह मन्त्रालयले भन्यो : मित्र राष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने गतिविधि नगर्नु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
home-ministry-nepal.jpg

काठमाडौं । दार्चुला घट्ना र एमसीसी परियोजनाविरुद्ध प्रदर्शन बढ्दै गएपछि गृह मन्त्रालय मित्र राष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।

विगत केही दिनदेखि दार्चुला प्रकरणलाई जोडेर काठमाडौं उपत्यकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन हुँदै आएको छ भने एमसीसीकोसमेत विरोध हुँदै आइरहेको छ ।

यो क्रम नरोकिएपछि मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउनेगरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता गतिविधि रोक्न सम्वन्धि पक्षलाई ध्यानाकर्षण गराएको हो ।

गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलद्धारा आइतबार जारी विज्ञप्ति मार्फत मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

मन्त्रालयले शुक्रबारसमेत विज्ञप्तिमार्फत कुनै पनि विदेशी परियोजना र राष्ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ