arrow

हेटौँडामा कर्रा खोलाले ट्रक बगायो, २ जना बेपत्ता 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ १८ शुक्रबार

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित कर्रा खोलाले ट्रक बगाएको छ । ट्रक बगाउँदा २ जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेहरूमा ट्रकका चालक हेटौँडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४२ वर्षीय गणेश थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

शुक्रवार शिवम सिमेन्ट उद्योगबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको प्रहरीले जनाएको छ । 

हाल घटनास्थलमै प्रहरी निरीक्षकको टोली रहेको र बेपत्ता भएका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ