arrow

मन्त्री खनालले राजीनामा दिएपछि मुख्यमन्त्री शाक्य एक मन्त्री लिएर प्रदेश सम्हाल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
asta-laximi-sakya.jpg

बागमती । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट बुधबार राजीनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।  

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् । 

प्रदेशसभाका १२ सदस्यले मंगलबार  निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए । 

मुख्यमन्त्री शाक्य मंगलबार मुख्यमन्त्री भएको १३ दिनमै अल्पमतमा परेकी थिइन् । लामो समयसम्म माधवकुमार नेपाल पक्षमा रहेर एमालेको राजनीति गरेकी शाक्य १३ दिनअघिमात्र एमालेको केपी शर्मा ओली पक्षमा खुलेर मुख्यमन्त्री खाएकी थिइन् । 

यसले उनलाई निल्नु न ओकल्नु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ