जो ११ मा पढ्दा आशिक बनेर २५ जनाको कुटाइ खाए उनै बने बलिउडका सफल हिरो
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
1.3k
Shares
काठमाडौं । जोकोहीको जीवनमा बिर्सन नसकिने घटना हुन्छ नै । त्यस्तै घटना भएको थियो बलिउड अभिनेता राजकुमार रावलाई पनि । उनले गत मंगलबार (अगष्ट ३१) मा ३७ औं जन्मदिन मनाएका छन् ।
जन्मदिनका क्रममा उनको विद्यार्थी जीवनमा भएको घटना पनि सामाजिक संजालमा भाइरल भएको छ । हालै उनले दिएको एक अन्तर्वार्ताका क्रममा उक्त घटना खोलेका थिए । ११ कक्षामा पढ्दा उनी अभिनेता बन्ने उद्धेश्य राखेका थिए । सोही बेला उनले कक्षाकी एक केटी साथीसँग प्रेम गाँस्न पुगे ।
प्रेमिका अरु कोही नभई शाहरुख खान र काजोलको चलचित्र ‘कुछ कुछ होता है’ की अन्जली जस्तै थिइन् । उनी बास्केटबल खेल्थिन् । राजकुमार शाहरुखका फ्यान ।
तर दुर्भाग्य राजकुमारकी अन्जली पहिलेदेखि अमनसँग प्यारमा थिइन् । उनले उनीसँग डेटिङ पनि गरे । तर पहिले नै प्रेमी भएपछि हालत कसरी राम्रो हुन्थ्यो र ।
जब ती केटीको प्रेमीलाई थाहा भयो तब कलेजका २५ केटाहरुलाई लिएर उनलाई मार्न पुग्यो । राजकुमारले सोचे उनीहरुसँग लड्नु त छैन नै किनकि उनलाई कलाकार बन्नु छ ।
जब २५ केटाहरुले उनलाई पिटिरहेका थिए तब उनले बन्दुक निकाल, बन्दुक निकाल, गोली हान् भनेको सुने ।
उनी चुपचाप बसिरहेका थिए । उनीसँग दुई पंजाबी साथीहरु पनि थिए । तिनीहरुले राजकुमारलाई केही नगर्न आग्रह गर्दै बदलामा आफूलाई मार्न आग्रह गर्दै थिए ।
राजकुमारले भने पिटाइ खाइरहँदा एउटै भनाइ भनिरहेका थिए ‘मेरो मुखमा नमार मलाई कलाकार बन्नु छ । तब मेरो कुरा सुनेर सबै हाँसेका थिए ।’
राजकुमारले सन् २०१० मा ‘लब सेक्स और धोखा’ चलचित्रमार्फत बलिउडमा डेब्यु गरेका थिए । उनी प्रियंका चोपडासँग ‘द ह्वाइट टाइगर’ र जान्हवी कपूरसँग ‘रुही’ चलचित्रमा यसै वर्ष देखिएका थिए । उनी चम्किला हिरो नभए पनि सफल हिरो हुन् । उनका चलचित्रहरु सफलको दर्जामा गनिन्छन् ।