arrow

दीपिका पादुकोण फेरि हलिउडमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
dipikas.JPG

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले फेरि हलिउड चलचित्रमा खेल्ने भएकी छिन् । उनले चार वर्षपछि फेरि हलिउड चलचित्रमा काम गर्ने भएकी हुन् । उनले हालै यसको खुलासा गर्दै आगामी प्रोजेक्टबारे जानकारी गराएकी हुन् ।

अहिलेसम्म चलचित्रको नाम भने सार्वजनिक भइसकेको छैन । तर उक्त फिल्म सांस्कृतिक रोमान्टिक हाँस्य चलचित्र हुने उनले बताएकी छिन् ।

यो चलचित्रको घोषणा एसटीएक्स फिल्मस् मोसन पिक्चर समूहका अध्यक्ष एडम फोगेलसनले गरेका हुन् । यो चलचित्र इरोस एसटीएक्स ग्लोबल कोअपरेशन डिभिजन एसटीएक्सले निर्माण गर्नेछ ।

दीपिकाले यो चलचित्रमा मूख्य भूमिका त खेल्ने छिन् नै उनले यसको निर्माण पनि गर्नेछिन् । उनी सन् २०२० मा खोलेको आफ्नै केए प्रोडक्सनमार्फत जोडिने छिन् ।

उनले यसअघि सन् २०१७ मा ‘एक्सएक्सएक्सः द रिटर्न अफ जेन्डर केज’ मार्फत हलिउडमा डेब्यु गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ