arrow

नर्भिकले भन्यो- निशा घिमिरेको अवस्था निकै जटिल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
Nisha.jpg

काठमाडौँ । कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । 

नर्भिक इन्टरनेशनल अस्पतालद्वारा मंगलवार यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए । 

उनका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । उनका उपचारमा संलग्न चिकित्सक डा पङ्कज जलानले सबै विकल्पमा उपचार भइरहेको भन्दै दुर्घटनाका कारण मस्तिष्कमा गम्भीर चोट लागेको र अवस्था निकै जटिल रहेकाले पूर्णरुपमा सामान्य अवस्था हुन सम्भावना कम भएको बताए । 

आर्थिक अवस्थाका कारण उपचार नपाउँदा घिमिरे घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् । पछि नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निःशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अहिलेसम्म उनका उपचारमा अस्पतालले रु ५० लाख खर्च गरिसकेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ