arrow

बागमतीमा विपक्षी गठबन्धनले सरकार बनाउने निश्चित, मुख्यमन्त्री शाक्य अल्पमतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
astalaxmi-shakya-chief-mini.jpg
फाइल तस्विर।

काठमाडौं। बागमती प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने छनक देखिएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला गर्दै मुख्यमन्त्री प्रस्ताव गरेका थिए । 

तर अहिले भने बदलिएको राजनीतिक कोर्ससँगै माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । सो दललाई रोज्दै मङ्गलवार मात्रै बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडामा एमालेका १२ प्रदेश सभा सदस्यले सनाखत गराएका छन् । 

उनीहरू नेपालले नेतृत्व गरेको दलमा लाग्दा मुख्यमन्त्री शाक्यको पद धरापमा पर्ने निश्चित छ । संविधान अनुसार मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने छ । त्यस्तो अवस्थामा उनलाई सो पद जोगाउन मुस्किल हुने अब पक्का जस्तै छ । उनलाई प्रदेशमा सरकार जोगाउनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । त्यसमध्ये १२ जना नेपाल नेतृत्वको दल नेकपा एसमा खुल्दा एमालेमा ४४ जना बाँकी रहन्छन् । यस्तो अवस्थामा विपक्षी गठबन्धनमा आबद्ध सांसदहरूको सङ्ख्या बढी हुने देखिन्छ । 

बागमती प्रदेशमा नेकपा माओवादी २३, कांग्रेस २२ नेकपा (एकीकृत समाजवादी) १२, नेकपा एमाले ४४, नेमकिपा २, राप्रपा २ विवेकशील साझा ३ स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् । 

नेकपा एकीकृत समाजवादी र एमालेको सांसदको सङ्ख्या भने निर्वाचन आयोगले दल परिवर्तन गर्न दिएको समय २२ भदौसम्म अझै थपघट हुन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ