arrow

भारतको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
england-test-cricket-2021.JPG

काठमाडौं । इङ्गल्याण्ड विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । लिड्समा भएको खेलमा भारत एक इनिङ र ७६ रनले पराजित भएको हो । 

चौथो दिन २ विकेटको नोक्सानीमा २१५ रनबाट अगाडि खेलेको भारत २७८ रनमै अलआउट भएको हो । पहिलो इनिङ्गमा भारत ७८ रनमै अलआउट भएर खराव रेकर्ड कायम राखेको थियो । 

भारतका लागि दोस्रो इनिङमा चेतेश्वर पुजाराले ९१ तथा तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गर्ने क्रममा कप्तान विराट कोहलीले ५५ रन बनाए । ओल्ले रोविनसनले ५ तथा क्रेग ओभरटनले ३ विकेट लिए । 

यसअघि इङ्गल्याण्डले कप्तान जो रुटको १२१ रनको मद्धतले ४३२ रन बनाएको थियो । डविड मलानले ७०, हसीब अहमदले ६८, रोरी बर्नसले ६१ रन बनाएका थिए । 

योसँगै पाँच खेलको सिरिजमा १–१ को बराबरी भएको छ । यसअघि पहिलो टेष्ट वर्षाले बराबरी भएको थियो भने दोस्रो खेल भारतले जितेको थियो ।

चौथो टेष्ट २ सेप्टेम्बरबाट द ओभलमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ