arrow

सरकारले गर्यो तीन सचिवको सरुवा, कर्ण भए राजस्व सचिव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
krishna-hari-puskar.jpg

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । सरकारले हालै मात्र मन्त्रपरिषद् तथा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समुहमा राखिएका कृष्णहरि पुस्कर कर्णलाई राजस्व सचिव बनाएको छ ।

डेमोक्रयाट भनेर चिनिएका कर्ण केपी ओली नेतृत्व सरकारमा कम आकर्षक कार्यालयमा लखेटिएका थिए । पछिल्लो समय उनी प्रदेश २ मा कार्यरत थिए । एक वर्षको अवधिमा उनलाई ५ पटकसम्म सरुवा गरिएको थियो । सरकारको नेतृत्व फेरिए पछि गृहसचिवमा समेत उनको चर्चा थियो ।

यसैगरी सरकारले भरतमणि सुबेदीलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ । यसअघि उनी प्रधानमन्त्री कार्यालयको अतिरिक्त समुहमा थिए । केपी ओली नेतृत्व सरकारको पालामा सुबेदी लुम्बिनी प्रदेशका प्रमुखसचिव थिए ।

सहसचिव हँदा पनि उनी लुम्बिनी प्रदेशमै थिए । सहसचिवबाट सचिवमा बढुवा भए पनि उनको पहिलो नियुक्ति लुम्बिनी प्रदेशमै गरिएको थियो। उनलाई लुम्बिनी प्रदेशको प्रमुखसचिवमा पदस्थापन गराउन केपी ओली सरकारले तत्कालिन लुम्बिनी प्रदेशका प्रमुख सचिवलाई काठमाडौ ल्याइ प्रमुखसचिव पद रिक्त गरेको थियो । सुबेदी पूर्व मुख्यमन्त्री शंकर पोखरेलसँग निकट मानिन्छन् ।

यसैगरी सरकारले कर्णाली प्रदेशका प्रमुखसचिव गणेश पाण्डेलाई भूमि व्यवस्था मन्त्रालयमा ल्याएको छ । सरकारले भूमि व्यवस्था सचिव टेकनारायण पाण्डेलाई गृहसचिव बनाए पछि भूमि व्यबस्थामा सचिव पद रिक्त रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ