arrow

बालबालिकालाई मार्क्सवादी बनाउन चिनियाँ विद्यालयमा ‘सी विचारधारा’ पढाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
xi-marx.jpg

काठमाडौँ । चीनले राष्ट्रिय पाठ्यक्रममा ''सी विचारधारा' अर्थात् राष्ट्रपति सी चिनफिङको विचारधारा समावेश गर्ने भएको छ । सी चिनफिङ विचारधाराले किशोर किशोरीमा मार्क्सवादी विश्वास स्थापित गर्ने चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ ।

प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म सी विचारधारा समावेश गरिने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीलाई समाजका सबै क्षेत्रमा विस्थापित गर्ने यो चिनियाँ नयाँ प्रयासका रूपमा हेरिएको छ ।

चिनियाँ शिक्षा मन्त्रालयले समाजवादको निर्माता र उत्तराधिकारीहरूलाई नैतिक, बौद्धिक, शारीरिक र सौन्दर्य शास्त्रका आधारमा पुनर्जागृत गर्ने उद्देश्यका साथ सी विचारधारा पढाइने भएको बताएको छ ।

सने २०१८ मा सी विचारधारालाई चिनियाँ कानुनमा समावेश गरिएको थियो । त्यसयता सी विचारधारा विभिन्न विद्यालय एवं विश्वविद्यालयमा अभ्यास गरिँदै आएको थियो । अहिले भने चीनले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म पढाउने भएको हो ।

सी विचारधारामा खास गरी १४ सिद्धान्त छन् जसमध्ये पूर्ण र गम्भीर सुधारको आह्वान, विकासको नयाँ सोचको आह्वान, मानिस र प्रकृतिबिच सुमधुर जीवनयापनको प्रतिज्ञा, सेनामाथि पार्टीको निर्विकल्प अधिकार,  एक देश दुई व्यवस्थालगायतका विषयहरू रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ