काठमाडौँ । हलिउड सेलिब्रेटी, अमेरिकन र्यापर कान्ये वेस्टले आफ्नो औपचारिकरुपमै परिवर्तन गरेर 'ये'लाई मान्यता दिन माग गर्दै अदालतमा कागजात पेस गरेका छन् ।
उनले 'कान्ये ओमरि वेस्ट'बाट आफ्ना नाम 'ये' (Ye) राख्नका लागि लस एन्जलस सुपरियरअदालतमा कागजात पेस गरेका हुन् ।
उनले व्यक्तिगत कारण भन्दै दुई अक्षरको नाम राख्न आग्रह गरेका हुन् । ११ अगस्तमा अदालतमा पेस गरिएको कागजात मङ्गलवार मात्रै दर्ता भएको छ ।
औपचारिक रुपमा मान्यता पाउनु अघि न्यायाधीशले कान्येको आग्रहलाई स्वीकार गर्नुपर्नेछ । कान्येले वर्षाैंदेखि आफ्नो उपनाम ये राख्दै आएका छन् ।
र्यापरकान्ये अमेरिकन मोडेल किम कार्दशियनसँग डिभोर्सको प्रक्रियामा छन् । यद्यपि उनले नाम बदल्नुको पछाडि डिभोर्स कारण नभएको टिप्पणी गरेका छन् ।