arrow

संस्कृतको महत्त्वलाई प्रकाशमा ल्याउन 'संस्कृत : पूर्वीय संस्कृतिको स्रोत'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
india-embessy.JPG

काठमाडौं ।  श्रावण पूर्णिमाको शुभ दिन "विश्व संस्कृत दिवस" को अवसरमा, वेदको भाषा संस्कृतको महत्त्वलाई प्रकाशमा ल्याउनको लागि  'संस्कृत : पूर्वीय संस्कृतिको स्रोत' शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनार गरिएको छ । सेमिनारको उद्घाटन नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले गरेका थिए। विद्यमान कोभिड -१९ को परिस्थितिमा यो सेमिनार लाई भौतिक तथा भर्चुअल मोडमा आयोजना गरिएको थियो।

 समारोहमा वाङ्मय शताब्दी पुरुष र नेपालका महान् विद्वान् सत्य मोहन जोशी, पद्म पुरस्कार विजेता  चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागि शुभकामना व्यक्त गरे।

सेमिनारको उद्घाटन सत्रमा भारतीय राजदूत विनय मोहन क्वात्रा, शताब्दी पुरुष  सत्यमोहन जोशी,  चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामूहिक रूपमा "संस्कृतमा भारत-नेपालयो: सम्पत्ति:- भाग २" शीर्षक पुस्तकको पनि विमोचन गरेका थिए ।

सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरे र भारत र विदेशका ३० भन्दा बढी विद्वान्हरूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न विषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वान् हरूले सेमिनारमा आ-आफ्नो विचार आदान प्रदान गरे। 

उक्त सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वान्हरूले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। फेसबुक लाइभको माध्यमबाट पनि हजारौँले यो सेमिनारमा आफ्नो उपस्थिति जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ