arrow

सलमानदेखि नागार्जुनसम्म, यी हुन् चिरञ्जीवीका आठ परम मित्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
salman-chiranjeevi.png

दक्षिण भारतीय चलचित्रका सुपरस्टार चिरञ्जीवीले आइतबार आफ्नो ६६ औँ जन्मदिन मनाए । साउथका मेगा स्टारले करिब तीन दशकसम्म सिने प्रेमीहरूको मन जिते । उनको फिल्महरूको लामो सूचिका साथै मित्रहरू पनि छन् । 

सलमान खान
बलिउड सुपरस्टार सलमान खान चिरञ्जीवीको नजिकका साथी हुन्। यी दुई स्टार भेटिए घन्टैसम्म कुराकानी गर्छन् । 

नागार्जुन अक्किनेनी
साउथ फिल्म स्टार नागार्जुन अक्किनेनी चिरञ्जीवीका सबैभन्दा मिल्ने साथी हुन्। दुई अभिनेताको भेट प्राय कार्यक्रम हुन्छ र जमेर कुराकानी गर्छन् । 

मोहन लाल
मलयालम फिल्महरू अग्रणी स्टार मोहनलाल दक्षिण स्टार चिरञ्जीवीका एक घनिष्ठ मित्र हुन्।

वेन्कटेश दग्गुबती
दक्षिण फिल्मका कलाकारहरू वेन्कटेश दग्गुबती र चिरञ्जीवीले करिअर एकै साथ सुरु गरेका थिए। यी दुईबिच आज पनि गहिरो मित्रता रहेको छ।

नन्दमुरी बालकृष्ण
फिल्म कलाकार नन्दामुरी बालकृष्ण र चिरञ्जीवी पनि घनिष्ठ मित्र हुन्। तर दुवै बिचको राजनीतिक बिचारका कारण, एक अर्काबिच दरार उत्पन्न भएको थियो। बालकृष्णले एक बयानमा चिरञ्जीवीलाई निशाना बनाएका थिए। यस पछि दुईबिच लामो समयसम्म  बोलचाल भएन । पछि नन्दामुरी बालकृष्णले आफ्नो गल्ती सच्याए र त्यसपछि दुवै साथी बने।

राधिका सार्थकुमार
फिल्म स्टार राधिका सार्थकुमार चिरञ्जीवी सँग धेरै फिल्महरूमा काम गरिसकेकी छिन्। अभिनेत्री राधिका सार्थकुमार चिरञ्जीवीको नायिका मात्र नरहेर एक राम्रो मित्र पनि हुन् । 

पवन कल्याण
पावर स्टार पवन कल्याण चिरञ्जीवीका कान्छा भाइ हुन्। तर दुवै बिच मित्रताको सम्बन्ध रहेको छ ।

राम चरण
साउथ सुपरस्टार राम चरण चिरञ्जीवीका छोरा हुन् ।  राम चरण आफ्नो बुबाका प्रिय छोरा मात्र नभई  एक असल साथी पनि हुन्। उनी आफ्नो बुबासँग धेरै नजिकको सम्बन्ध राख्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ