arrow

गणेश इशाराको २१ औं म्यूजिक भिडियोमा २४ बर्षपछि मनिषा राईको कमब्याक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
manisha-rai.jpg

काठमाडौं । ‘भन्नु नभाको, आमा रातो साडी, चुरा पोते किन नलाएको’ बोलको गीतमा अभिनय गरेकी मनिषा राई २४ बर्ष अभिनयमा आएकी छिन् ।

निर्देशक गणेश इशाराले आफ्नो २१ औं म्यूजिक भिडियोमा मनिषालाई कम व्याक गराएका हुन् । इशाराले निर्देशन गरेको ‘साँगुरो त्यो गोरेटोमा’ मनिषाको अभिनय हेर्न सकिन्छ ।

गीतकार, संगीतकार, गायक तथा सोही गीतका मोडेल श्रीकुमार किराती राई बासिखोरे मनिषासँग उत्कृष्ट अभिनय गरेका छन् । साथमा एलोन कार्कीको पनि अभिनय देख्न सकिनेछ ।

चोभारमा छांयाकन गरिएको गीतको भिडियोमा सहयात्रीको खोजीमा भौतारिएको युवकले अचानक अपरिचित केटीसँग ठोक्किएको र केटीले केटालाई गाली गर्दा पनि केटा उही केटीसँग रोमान्स गरेको कल्पना गर्छ । तर केटी अर्कै केटासँग रोमान्स गरेको देख्दा निराश भएको दृश्यले भिडियोलाई मिठास थपेको छ । भिडियो रबिन थापा मगरले खिचेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ