काठमाडौं । ‘साँड कि आँख’ कि नायिका भूमी पेडनेकर यतिबेला छुट्टी मनाइरहेकी छिन् । ब्याचलर भूमी रक्षाबन्धनको अवसर पारेर आफ्नी बहिनीसँग छुट्टी मनाउन गएकी हुन् ।
उनले हंगेरीको बुडापेष्ट शहरमा घुमिरहेको तस्वीर इन्स्टाग्राममा राखेकी हुन् । भूमीले आइतबार फोटो सिरिज नै सेयर गरेकी हुन् । उनीहरुले भिडियोमा घुमेको, खानपानमा रमाइलो गरेको देखिएको छ ।
भिडियोमा त्यहाँ निकै गर्मी रहेको र आफू आइसक्रिम नखाई एक पाइला पनि अगाडि चल्न नसक्ने बताएकी छिन् ।
भूमीले बुडापेष्टको नाइटलाइफसमेत देखाएकी छिन् । हंगेरीको स्वतन्त्रता दिवसका अवसरमा तयार गरिएको फायर वक्र्सको दृष्य पनि देखाइएको छ ।
भूमी अक्षय कुमारसँग रक्षाबन्धनको शुटिङ सकेर घुम्न निस्केकी हुन् । उनले विक्की कौशल र कियारा आडवाणी रहेको मिस्टर लेलेको केही शुटिङसमेत गरिसकेकी छिन् ।