arrow

केपी ओली र माधव नेपाल दुवैको सहयोगमा मुख्यमन्त्री भएँ: अष्टलक्ष्मी शाक्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
astalaxmi-shakya.JPG

काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सहयोगमा मुख्यमन्त्री भएको दाबी गरेकी छिन् ।

उनले भनिन्, ‘बाहिर/बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टी एकतालाई कमजोर बनाउने काम नगर्नहुन अनुरोध छ ।’

आफू पार्टी एकताको पक्षमा रहेको उल्लेख गर्दै उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास पनि व्यक्त गरिन् ।

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् ।

दुवै नेताको साथ रहेको उल्लेख गर्दै उनले भनिन्, ‘म मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर-बाहिर कुरा आउँछ, अष्ट त के-के भयो, के-के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो ।’

उनले थपिन, ‘गलत सन्देश दिने काम नगरिदिनुहोस् । जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ । हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ-केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढनेछ ।’ मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ