arrow

अष्टलक्ष्मी सरकारको प्रवक्तामा केशवराज पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
astalaxmi-shakya-chief-mini.jpg

वाग्मती । वाग्मती प्रदेश मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । 

बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए। 

यसअघि मङ्गलबार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । उनले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई नियक्त गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ