arrow

अष्टलक्ष्मी बनिन् नेपालकी पहिलो महिला मुख्यमन्त्री, यसरी मिल्यो पद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
astalaxmi-shakya-chief-mini.jpg

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शाक्यलाई बुधबार राति मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रसाईले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलकी नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाक्य बुधबारमात्रै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् । 

मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्यलाई मुख्यमन्त्रीको चिट्ठा परेको हो । योसँगै उनी नेपालको इतिहासमा मुख्यमन्त्री बन्ने पहिलो महिला पनि बनेकी छिन् । 

२०७४ सालमा एमालेको उपाध्यक्ष रहेकी शाक्यलाई बागमती प्रदेशकै मुख्यमन्त्री बनाउनकै लागि प्रतिनिधि सभाको निर्वाचन छाडेर प्रदेश सांसदको चुनाव लड्न दिइएको थियो । 

उनले चुनाव त जितिन् तर एमाले अध्यक्ष केपी शर्मा ओलीको मन जित्न सकिनन् । उनी माधवकुमार नेपाल समूहकी थिइन् । अनि बाजी मारे ओलीका प्रियपात्र डोरमणिले । 

 यसअघि २०७४ को माघ २६ मा भएको बागमती प्रदेशको एमाले संसदीय दलको निर्वाचनमा शाक्य पौडेलसँग नै पराजित भएकी थिइन् । 

शाक्य एमालेमा आएको उथलपुथलका बीच पनि प्रदेश सरकारको नेतृत्व पार्टीमै राखेर मुख्यमन्त्री बन्न सफल भएकी छिन् । 

यसअघि एमालेको उथलपुथलका कारण गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकारबाटै हात धुनु परेको थियो । गण्डकी प्रदेशबाट तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल बाहिरिइसकेका छन् । 

लामो समय ओली र नेपाल समूहबीच चलेको आधिकारिकताको लडाईमा नेपाललाई साथ दिँदै आएकी शाक्यले अन्तिम समयमा नेपाल छाडेर ओलीलाई साथ दिएपछि  मुख्यमन्त्रीको चिट्ठा परेको हो । 

माधव नेपाल समूहले बुधबार नै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ