पाँच वर्षमा भारत अटोमोबाइल उत्पादनको हब बन्छ- नीतिन गडकरी
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
354
Shares
काठमाडौं । भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नीतिन गडकरीले आगामी पाँच वर्षमा भारत अटोमोबाइल उत्पादनको हब बन्न सक्ने बताएका छन् ।
लगभग सबै प्रतिष्ठित अटोमोबाइल ब्राण्ड भारतमा रहेको बताउँदै उनले आगामी पाँच वर्षमा भारत अटोमोबाइलको हब बन्ने बताएका हुन् ।
मन्त्री गडकरीले भने, 'लगभग सबै प्रतिष्ठित अटोमोबाइल ब्राण्ड भारतमा छन्, इथानोल, मिथानोल, बायोडिजेल, कम्प्रेस्ड नेचुरल ग्याँस, लिक्युडिफाइड नेचुरल ग्याँस, विद्युतीय एवं ग्रिन हाइड्रोजनलगायतका प्रविधिमा व्यापक विकास गरिरहेका कारण आउँदो पाँच वर्षमा भारत अटोमोबाइलको हब बन्ने विश्वास मलाइ लागेको छ ।'
यसअघि अगस्त १३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्भेस्टर सम्मेलनमा भर्चुअल सम्बोधन गर्दै इथानोल, विद्युतीय ऊर्जा र हाइड्रोजन ऊर्जा सरकारको प्राथमिकता रहेको बताएका थिए ।
वातावरण, खानी र जमिनको संरक्षणका लागि स्वच्छ र नवीकरणीय ऊर्जा आवश्यक रहेका बेला भारतले यस्तै प्रविधिमा छलाङ मार्न खोजिरहेको देखिन्छ ।