arrow

यस्तो छ इन्डियन आइडल १२ को ट्रफी जितेपछि पवनदीपको प्लान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
indian-idle-12-winner.JPG
तस्वीर– इन्डियन आइडल विजेता पवनदीपसँगै बायाँ सायली र दायाँ अरुणिता । 

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को ट्रफी उत्तराखण्डका पवनदीप राजनले जितेका छन् । उपाधिसँगै उनले एक लक्जरी कार र भारु २५ लाख जितेका छन् । 

ग्राण्ड फिनालेमा पवनदीपको टक्कर उनकी निकै नजिककी साथी बनेकी अरुणिता कान्जिलाल र सायली काम्बलेसँग परेको थियो । अरुणिता फस्ट रनर अप र सायली सेकेन्ड रनर अप बनिन् । ग्राण्ड फिनालेमा मोहम्मद दानिश, शनमुख प्रिया र निहाल तारो पनि रहेका थिए । दानिश चौथो, निहाल पाचौं तथा शनमुख छैटौं रहे । 

भारतको स्वतन्त्रता दिवसको अवसर पारेर अगष्ट १५ को राति (आइतबार राति) फिनाले आयोजना भएको थियो । १२ घण्टासम्म उक्त फिनाले भएको थियो । फिनालेमा पहिलो पटक पाँच जनाको स्थानमा छ जना रहेका थिए । 

जितपछि पवनदीपको योजना
जितपछि उनले फिनालेमा पुगेका सबै विजेता रहेको बताए । उनले फिनालेका सबै साथीहरु बनिसकेकाले भविष्यमा मिलेरै अगाडि बढ्ने बताए । 

फिनाले जितेपछि उनले आफ्नो नयाँ योजना पनि सुनाएका छन् । उनले अरुणितासहित शो का सबै प्रतिस्पर्धीसँगै १० दिन केदारनाथको ट्रिपमा जाने बताएका हुन् । 

उनले एक अन्तर्वार्ता दिने क्रममा शो का क्रममै आफूहरुले केदारनाथ जाने प्लान बनाएको बताए । 

केदारनाथ ट्रिपपछि भने पवनदीपले परिवारसँग समय बिताउने बताएका छन् । आराम लिएपछि नै आगामी जीन्दगी बारे सोच्ने पनि उनले बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ