arrow

बस्दै बागमती प्रदेशको प्रदेशसभा बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
bagmati-pradesh-shava.jpg
तस्वीर–फाइल ।

बागमती । बागमती प्रदेशको चालु वर्ष २०७८–७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । 

प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ