arrow

प्रदेश एक : थप ६ सय ९२ जनामा संक्रमण, २१ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

एक हजार ५३४ जनाको पिसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ८९ मध्ये विराटनगरमा ३४, सुनसरीमा ११५, झापामा २११, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक÷एक तथा प्रदेश बाहिरका चार जनामा संक्रमण पुष्टि भएको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ४९३ संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष छन् । सो अवधिमा १२ महिलासहित २१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ