arrow

बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने 

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७८ साउन ३१ आइतबार
parliament-bagmati-province.jpg

हेटौँडा ।बागमती प्रदेशसभाको बैठक भदौ १ गतेलाई बोलाइएको छ । १ गते मङ्गलवार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालय सचिव कृष्णहरि खड्काले जानकारी दिए । बजेट पारित गरेपछि गत असार २८ मा स्थगित भएको प्रदेशसभा बैठक करिब १ महिनापछि मङ्गलवार बस्न लागेको हो ।

संसद् सचिवालयमा दर्ता भएको केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको सचिव खड्काले बताए । सोमबार दिउँसो ४ बजे कार्य व्यवस्था परामर्श समिति बैठक बस्ने बताइएको छ  । 

उक्त बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पनि छलफल हुने सचिव खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ