arrow

खेतको बीचमा कुहिएको अवस्थामा शव बरामद

logo
युवाराज रेग्मी 
प्रकाशित २०७८ साउन ३१ आइतबार
Dead-body-jhapa-raju.jpg

झापा। कमल गाउँपालिका क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानवारिमा   बेवारिसे अवस्था स्थानीय राजु लिम्बुको शव फेलापरेको छ ।

धानवारिमा मृत अवस्थामा फेला परेका  ब्यक्ती स्थानीय कमला मदन आश्रित माध्यमिक विद्यालयको पूर्व  नयाँ  बस्तीमा  बसोबास गर्ने  अन्दाजी ५० वर्षका राजु लिम्बू  रहेको जानकारी प्राप्त भएको छ। मृत अवस्थामा फेला परेका लिम्बू  स्थानीय क्षेत्रमा मजदुरी गरी  जीविकोपार्जन गर्दै आएका थिए ।  

घटनास्थलमा  लासको प्रकृति हेर्दा लिम्बुको मृत्यु  केही दिन अगाडि नै भएको  अनुमान प्रहरीले लगाएको छ । मृतकको लास बिचखेतमा  भएको कारणले  लास सडेर   दुर्गन्ध आउन थालेपश्चात्  स्थानीयले थाहा पाएर प्रहरीलाई जानकारी गराएका थिए।

परिवारको पहिचान पश्चात् मृतकको लासलाई  हाल पोस्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ