arrow

पोखरामा एउटै जुवा खालबाट ७ महिला ६ पुरुष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
Arrest-Crime.jpg

पोखरा । पोखरामा एउटै जुवा खालबाट १३ जना जुवाडे पक्राउ परेका छन् । कास्की प्रहरीले उनीहरुलाई साउन २७ गते दिउसो ४ः३० बजे पोखरा १० उत्तमचोकस्थित सरु गुरुङको घरबाट पक्राउ गरिएको जनाएको छ । 

उनीहरूको साथबाट तीन लाख ५१ हजार ५४० रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता दीपक केसीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 

पक्राउ पर्नेमा पोखरा-१० उत्तमचोककी सरु गुरुङ, पोखरा-१५ ट्याक्सीचोकका मनबहादुर क्षेत्री, पोखरा-१५ नयाँगाउँका भुपेन गुरुङ, पोखरा-१७ हनुमानटोलका थमनसिंह गुरुङ, पोखरा-१७ घारीपाटनका हर्कबहादुर थापा मगर छन् ।

यस्तै, पोखरा-१० उत्तमचोकका सुरेन्द्रबहादुर गुरुङ, पोखरा हवेली मार्गका सन्जेव गुरुङ, पोखरा-८ सिमलचौरकी कृष्णा गुरुङ, पोखरा-१५ रामबजारकी राममाया गुरुङ, पोखरा-१० अन्नपूर्ण टोलकी श्रीकुमारी गुरुङ, पोखरा-१५ नयाँगाउँकी हीरा थापा, पोखरा-१४ भद्रकालीकी माया तामाङ र पोखरा-१५ नयाँगाउँकी कमला मगरलाई पनि जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ