क्रिकेटर बन्ने सपना देखेका सुनिल अभिनेता हुँदै बने व्यवसायी, कमाउँछन् करोडौँ
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
1.8k
Shares
काठमाडौँ । बलिउड अभिनेता सुनिल शेट्टी भारतीय क्रिकेट टोलीबाट क्रिकेट खेल्ने सपना देख्थे। तर, उनले फिल्मी क्षेत्रमा करियर बनाए । ११ अगस्ट, सन् १९६१ मा भारतको कर्नाटकमा जन्मिएका सुनिल शेट्टी ५९ वर्ष पुगेका छन् ।
दक्षिण भारतमा उनले रेस्टुरेन्टको विशेष चर्चा हुने गरेको छ । रेस्टुरेन्टबाट मात्रै उनी करोडौँको आम्दानी गर्ने गर्छन् । यति धेरै व्यवसाय सञ्चालन गर्दा पनि उनी आफ्नो शारीरिक व्यायाममा भने विशेष ध्यान दिने गरेका छन् । उनले फिटनेस रियालिटी सो ‘इन्डियाज असली च्याम्पियन है दम’ होस्ट गरिसकेका छन्।
फिटनेसको मामिलामा पनि सुनिल शेट्टी युवाभन्दा पनि अगाडि छन् । उनको कम्मर केवल २८ इन्चको छ । उनी पछिल्लो २५ वर्षदेखि यही नापको जिन्स लगाउँदै आएका छन् । उनी त्यसका लागि निकै रुटिन पछ्याउँदै आएको छ।
हाल सुनिलका २ फिल्ममा देखिँदै छन् ।कोरोना सङ्क्रमणका कारण फिल्म रिलिज हुने हो वा हैन टुङ्गो छैन । अन्तिम पटक दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म 'दरबार' मा सुनिल शेट्टी भिलेनको रूपमा थिए ।
९० को दशकका हिट हिरो बनेका शेट्टीले अहिलेसम्म १ सय १० बढी फिल्ममा काम गरिसकेका छन् ।
उनको फिल्मी करियरमा केही उतारचढाव आए पनि उनले व्यवसायमा भने सधैँ सफलता हात लागेको छ । उनको रेस्टुरेन्ट र कपडाको व्यापार छ । उनी रेस्टुरेन्ट, नाइट क्लब, पपकोर्न फिल्म प्रोडक्शन हाउसका मालिक हुन् ।
उनको पत्नी माना कादरीको पनि डेकोर सेन्टर छ । माना डिजाइनर पनि हुन् । उनी आफ्नो बहिनीसँग मिलेर ‘माना एन्ड इसा’ नामको एउटा क्लोथ ब्रान्ड पनि चलाउँछिन् ।
सन् २००१ मा आएको फिल्म धड्कनमा सुनिललाई वेस्ट भिलेनको फिल्म फेयर अवार्ड मिलेको थियो । तर, बिस्तारै उनको फिल्मी करियर कमजोर बन्दै गएको थियो ।
अहिले उनी आफ्नो व्यापारमा ध्यान दिइरहेका छन् । उनको एक प्रोडक्सन हाउस पनि छ । साथै उनको एक अनलाइन भेन्चर पनि छ । यहाँबाट नयाँ प्रतिभाको खोजी गरिन्छ ।