arrow

गृह सचिवमा पाण्डेको स्वागत, न्यौपानेको बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
ministry-of-home-affairs-pandey.jpg

काठमाडौँ । गृह मन्त्रालयमा नयाँ गृह सचिव टेकनारायण पाण्डेलाई स्वागत गरिएको छ । सिंहदरबारमा बुधवार एक कार्यक्रम आयोजना गरेर  गृह सचिव टेकनारायण पाण्डेको स्वागत तथा यसअघिका गृह सचिव महेश्वर न्यौपानेको बिदाइ गरिएको हो । 

बहालवाला सचिवहरूको लागि गृह मन्त्रालय सबैभन्दा आकर्षक मन्त्रालयमा हो । गृहमा जान सबै सचिवहरूको चाहना हुन्छ । गृहमा प्रधानमन्त्रीको पनि चासो हुने गरेको छ । स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको चाहनामा पाण्डेलाई गृहमा ल्याएको हो ।  गृह सचिवमा नियुक्त पाउन एक दर्जनभन्दा बढी बहालवाला सचिवहरूले दौडधुप सुरु गरेका थिए ।

कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले संयुक्त सरकारले ल्याएको साझा कार्यक्रमका आधारमा कार्य योजना बनाएर मन्त्रालयलाई अघि बढाउँदै नेपाल सरकारले चाहेको नतिजा दिने प्रतिबद्धता व्यक्त गरे । “कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्दछु”, सचिव पाण्डेले थपे, “गृह प्रशासन सार्वजनिक सेवाको अगुवाइ गर्ने संस्था हो, यसलाई रूपान्तरण गर्दै आधुनिकीकरण गर्नुपर्छ ।” उनले गृह मन्त्रालयका हरेक काम कारबाहीमा सरकारको तस्बिर झल्किने गरी संवेदनशील हुनुपर्नेमा जोड दिए । 

न्यौपानेलाई गृह सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरिएको छ न्यौपानेले १८ महिना छ दिनको गृह सचिव बनेका थिए ।  उनले मन्त्रालयमा परिस्थिति आकलन गरेर निर्णय दिन नसकिए समस्या जटिल भएर जानेतर्फ सचेत गराए । उनले कोभिड-१९ नियन्त्रण, विपद् र आन्दोलनका समयमा प्रजिअले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।

गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताए । उनले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ