arrow

अन्ततः गृह सचिवमा पाण्डेले जिते वाजी

सबैभन्दा आकर्षक मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
ministry-of-home-affairs-pandey.jpg

काठमाडौँ । अन्ततः गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डे आएका छन् । गृह सचिवमा नियुक्त पाउन एक दर्जनभन्दा बढी बहालवाला सचिवहरूले दौडधुप सुरु गरेका थिए । पाण्डेले बाजी जितेका छन्। 

बहालवाला सचिवहरूको लागि गृह मन्त्रालय सबैभन्दा आकर्षक मन्त्रालयमा हो । गृहमा जान सबै सचिवहरूको चाहना हुन्छ । गृहमा प्रधानमन्त्रीको पनि चासो हुने गरेको छ । स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको चाहनामा पाण्डेलाई गृहमा ल्याएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था मन्त्रालयका सचिव पाण्डेलाई गृहमा ल्याउने निर्णय गरेको हो । सहसचिव हुँदा उनी शिक्षामा बसेका थिए । मन्त्रिपरिषद्को बैठकले वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई रक्षामा ल्याउन निर्णय गरेको छ ।

 सचिवमा बढुवा भए पछि पौडेलले पहिलो पटक मन्त्रालयको सचिव हुने मौका पाएका छन्। सहसचिवबाट सचिवमा बढुवा भए पछि उनले अहिलेसम्म मन्त्रालयको सचिवको रूपमा काम गरेका थिएनन् । 

सरकारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत वैकुण्ठ अर्याललाई सूचना तथा सञ्चारमा ल्याउने निर्णय गरेको छ । प्रदेशका प्रमुख सचिव सुमन अर्याललाई सरकारले महालेखा नियन्त्रकको नियुक्ति दिने निर्णय गरेको छ । सरकारले कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमि व्यवस्था मन्त्रालयमा ल्याएको छ ।

मन्त्रिपरिषद्को बैठकले परराष्ट्र समूहका ३ जना उपसचिव सुधीर भट्टराई,घनश्याम लम्साल  तथा तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ