arrow

पाकिस्तानको हिन्दु मन्दिरमा आक्रमण : दोषीलाई कडा कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
Pakistan_temple_attack.jpg

काठमाडौं ।  पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार भएको तोडफोडप्रति सनातन धर्म महासङ्घ नेपालले भत्र्सना गरेको छ । 

कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासङ्घले आग्रह गरेको छ । 

गणेश मन्दिरमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासङ्घले जोडदार माग गरेको प्रवक्ता राजन अधिकारीले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कानून बनाई तत्काल लागू गर्न माग गरिएको उनले बताए।

पाकिस्तानमा पटकपटक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनमा यस किसिमका घटना दोहोरिन नदिन, अल्पसङ्ख्यक समुदायलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसँग महासङ्घले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ