arrow

चितवनका अर्जुन ढकाल ७८ लाख बराबरको अवैध मोबाइल सहित नवलपुरबाट  पक्राउ

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ साउन २२ शुक्रबार
mobile-smuggling-nawalpur.jpg
तस्बिर: जिल्ला प्रहरी कार्यालय, नवलपुर

कावासोती ।  चितवन भरतपुरका अर्जुन ढकाल ७८ लाख बराबरको भन्सार छलेर ल्याइएका ५ सय ९५ थान मोबाइल सहित नवलपुरको दुम्किबास बाट पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलिले दुम्किबास प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा प्रदेश ३-०१-२३ च ५५४४ नं को कार चेक जाँच गर्ने क्रममा विभिन्न कम्पनी र मोडलका ५ सय ९५ थान सहित चितवन भरतपुर-८ का अर्जुन ढकाल र कार चालक ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप कुमार गिरीले बताए ।

बरामद गरिएका मोबाइलको बजार मूल्य ७८ लाख भन्दा धेरै हुने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको  डिएसपी गिरीले बताए ।

उनीहरू दुवैजनालाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको छ । नवलपरासीको नाकाबाट अवैध रूपमा भन्सार छलेर सामानहरू भित्रन थालेपछि नवलपुर प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ