arrow

सवारी दुर्घटनामा परि झापाका होटेल व्यवसायी दम्पतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
jhapa-accident-hotel-business.jpg

झापा। झापाको दमकमा मङ्गलवार राती भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खादा कर्काइ नगरपालिकाका होटेल व्यवसायी  दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू शुरुङ्गा स्थित होटेल हेबनका सञ्चालक रहेको बुझिएको छ।

पूर्वतर्फ आउँदै गरेको प्र-२-०३-०१३-प ४७८७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ जाँदै गरेको ट्रकले मङ्गलवार राती दमक-४ चिया दोकान नजिक ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा कन्काइ नगरपालिका-३ का पूर्णबहादुर बिस्ट र उनकी श्रीमती भिमा बिस्ट रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते अवस्थामा उनीहरूलाई लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

घटना पश्चात् दमक ताराबारीबाट ना४ख ८७३० नंको ट्रक र उक्त ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ