arrow

निर्मला पन्तको हत्याबारे प्रधानमन्त्री देउवाको चासो, दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
ser-nirmala.jpg

काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तका दोषी पत्ता नलागेकोपति प्रधानमन्त्री शेरबहादुर देउवाले चासो व्यक्त गरेका छन् ।

देउवाले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापालाई बोलाएर घट्ना पछिको पछिल्लो अनुसन्धानको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसक्रममा उनले जतिसक्दो चाँडै दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएको अवस्थामा पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

देउवा नेतृत्वको सरकार गठन भएपछि निर्मलाका आफन्तजनले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ