arrow

मादक पदार्थ सेवन गरि ५ महिने बालिकाको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
hatya-murder.jpg

नवलपुर  । पुर्वी नवलपरासी देवचुल–६ मिर्तुङ्गमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परि ५ महिने बालिकाको ज्यान गएको छ ।

नवलपुर प्रहरीका अनुसार शुक्रवार देवचुली–६ बस्ने कर्ण बहादुर सारुले मादक पदार्थ सेवन गरि आफ्नै मामा पदमबहादुर बार्हघरेसँग झगडा गर्ने क्रममा पदमबहादुरकी ५ महिनाकी छोरी धनमाया बार्हघरेलाई उचालेर घरको पिढीँमा फालेका थिए । 

पिढीँमा बजारिएर गम्भीर घाईते बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताए ।

गिरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडी बढाइएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ