arrow

भाले गैँडा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
rhinoes-killed.gif
तस्वीर–फाइल ।

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । 

मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८–७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ